Monday, July 20, 2009

नेपालको राष्ट्रीय सुरक्षासंग जोडिएको संघिय राज्य प्रणाली

नेपालमा संघीय राज्य प्रणालीको चर्चा सुरु हुनु भन्दा निकै पाहिले २०५०/५१ सालतिर नेपाली सेनाको एक उच्च सैनिक शिक्षण प्रतिस्ठानमा नेपालको दिगो बीकाषकोंलागी संघीय राज्य प्रणालीको अबधारणा बारे आनौपचारिक छलफल भएको थियो | तेस्तै काठमांडूलाई संस्कृतिक राजधानीको रुपमा बिकाश गरी आर्थिक राजधानी अन्यत्र सार्ने अबधाराणा बारेपनि छलफल भएको थियो | यस अबधारणामा संघात्मक राज्यहरुको सृजन र ब्यबस्था को आधार चाहीं सबै संघिय राज्यहरुलाई श्रोत, साधन र बिकासको संभाबना र शक्यता को आधारमा आर्थिक समनाताको अबसर प्रदान गरी प्रतिस्पर्धात्मक रुपमा संघीय राज्य प्रणाली को बिकास गर्नु थियो | आ-आफ्नो श्रोत, साधन त्यसको बिकास तथा परिचालन र उपभोगमा स्वयेत्ता प्रदान गरी सबै नगरिकहरुको आ-आफ्नो राज्यको श्रोत, साधन र अबसरहरुमा सामान पहुँच पुग्नेगरी दिगो र संतुलित बिकास गर्नु मुख्या उधेँश्य रहेको थियो | यही आधारमा बिध्येमान ५ बिकास क्षत्रको राज्य संरचना र आभ्यास संतुलित बिकास र समानता को आधारमा आब्यबारिक ठहर गर्दै ७ देखि ८ वटा सम्मको संघीय राज्य ब्यबस्था प्रणालीको आबधाराणा बारे प्रारंभिक सोच बानाइएको थियो|

आहिले राष्ट्रले संघीय राज्य ब्यबस्था प्रणाली आपनाउने संबैधानिक निर्णय गरी सकेको आबस्थामा अब बन्ने नयाँ प्रणाली र "नेपालको राष्ट्रीय सुरक्षा निति" संग गांसिएको बिषयहरुमा चर्चा गर्नु सान्दर्भिक हुन्छ |

नेपालको " राष्ट्रीय सुरक्षा निति" एक बृहद सुरक्षा निति भएको कारण यसले नेपालको आर्थिक, सामाजिक, संस्कृतिक र नागरिक सुरक्षा देखि लिएर नेपालको सार्बभौमसत्ता, स्वतंत्रता, भौगोलिक अखण्डताको सुरक्षा लगाएत परराष्र्ट निति र रक्षा नितिलाई समेत बालियों पार्ने आधार शिलाको काम गर्छ |

यही पृष्टभुमिमा नेपालको पुन संरचना गर्दा संघियताको निर्माणमा राष्ट्रीय सुरक्षा सम्बन्धी दूरगामी र बस्तुनिस्ठ दृस्टिकोंणको अहम् भूमिका रहन्छ | क्षणिक राजनैतिक लाभको लागी जातिगत वा समूहगत स्वार्थ वा क्षत्रियता को आधारमा मात्र संघियता को निर्माण हुनु भनेको राष्ट्रीय सुरक्षाको दृस्टिकोंण बाट सबैजसो अहम् राष्ट्रीय हित र चासोका बिषयहरु लाइ बेवास्ता गर्नु सरह नै हो | यस किसिमको संघात्मक प्रणाली दिगो नहुनुको साथै यस्तो अभ्यासले राष्ट्रीय सुरक्षामा धान्नै नसकिने बहुआयामिक संकट आउने प्राय निश्चत हुन्छ |

नेपालको बृहद सुरक्षा निति भीत्र पर्ने सबै जसो बिषय र पक्षहरुलाई ब्याबहरिक तथा संतुलित ढ़ंगबाट समेटिने गरी तयार पारिने संघियताको निति अनुसार संघीय राज्य प्रणालीको निर्माण भएको खंडमा मात्र देशमा स्थिरता आउनुको साथै दिगो बिकासको लागी बाटो खुलने छ |

राष्ट्रीय हितका बिषयहरुमा खलल पर्ने वा राष्ट्रीय सुरक्षामा नकारात्मक प्रभाब पार्ने बाह्य वा आतंरिक कारणहरु लाई पत्ता लगाई त्यसलाई परास्त गर्नु "नेपालको राष्ट्रीय सुरक्षा निति" को एक महत्तोपूर्ण दायित्त्व हो | संघात्मक प्रणालीका कारण आतंरिक सुरक्षामा पर्न सकने संभाब्य खाताराहरुको निर्क्योल गरी समयमै त्यसको न्यूनीकरण वा निराकरण गर्नुपनी यही दायित्त्वभीत्र पर्न आँउछ |

कम्बोडिया, रुवान्डा, बुरुंडी,कंगो, पुर्ब युगोस्लाविया आदि मुलुकहरुमा लाखौं मान्छेहरुको नृसंसः हत्या सोही देशका मान्छेहरुले नै गरेका हुन भने हाम्रो देशमा १४ हजार नेपालीहरु को हत्यापनि माओबादी जन युद्धको नाऊं माँ नेपालीहरुले नै गरेका हुन | यसबाट के पुष्टि हुन्छ भने दुश्मन खोज्न अनेत्र जानू पर्दैन - गलत राजनैतिक उकसाहोट बाट आफ्नै देशमाँ अंधा ज्यान्माराहरु यसै पैदा हुन्छन् | यसको शिकार चाहीं सधैं साधारण तथा निर्दोष नागरिक हुन्छन् भने नेताहरु सदा सुरक्षित र लाभको आबस्थामा रहेका हुन्छन् | आहिले राज्य पुनर्संरचना को नाऊँमा गलत आधार र ढंगबाट संघीय राज्य को सृजन भयो भने अरु हिंसाहरु भड़किने प्रबल संभाबना रहन्छ र यसले राष्ट्रीय सुरक्षामा आकल्पनिय हानी पुराउने छ |

अपरिपक्को संघात्मक प्रणाली निर्माणबाट आतंरिक सुरक्षामा धेरै तथा दीर्घकालीन समस्याहरु उत्पन्न हुन सक्छन | दुई वा बढ़ी राज्यहरु बिच प्रबाह हुने स्रोत तथा साधन - नदीनाला, खानी, बनजङ्गल, सड़क आदि को उपभोग माथी असमझदारी पैदा हुने देखि लिएर अनगिनती राजनैतिक, सामाजिक, आर्थिक तथा अन्य स्वार्थहरुका कारण संघीय राज्यहरु बिच अस्वस्थ प्रतिस्पर्धाको बाताबरण सृजाना भई तानाबहरू उत्पन्न हुने संभाबना प्रबल रहन्छ | येसैले आतंरिक सुरक्षाको दृस्टिकोंणबाट उत्पन्न हुन सकने यस्ता संभाब्य खाताराहरुलाई संबोधन गर्न सकने परिपक्वो योजना सहितको संघियताको निर्माण नै आहिले "राष्ट्रीय सुरक्षाको नीतिको" बिशेष चासो को बिषय हुन आँउछ |

अंतराष्ट्रीय समुदाय र बाहय शक्तिहरूले आ-आफ्नो निति तथा स्वार्थ अनुरूप नेपालमा चलखेल गर्नु वा गर्न खोज्नु स्वभाबिक प्रक्रिया हो | येसैले छिमेकी राष्ट्र्हरूको सिमासंग जोडिएको तथा सामरिक हिसाबले महत्तोपूर्ण भौगोलिक आबस्थितिमा रहने संघीय राज्यहरु नेपालको राष्ट्रीय सुरक्षाको दृस्टिकोंणबाट धेरै समबेदंशील राज्यको बर्गमा पर्न आउछन | यस्ता राज्यहरु मार्फ़त उत्पन्न हुन सकने राष्ट्रीय हित र सुरक्षा बिपरीत संभाब्य खाताराहरुलाई पनि "राष्ट्रीय सुरक्षा निति" ले बिशेष संबोधन गर्नु पर्छ |

राज्य पुनर्संरचना को अभ्यासमा अहम् प्रश्न भनेको नेपालको राष्टि्यता, स्वाभिमान, पहिचान र एकताको पूर्ण निश्चितता, संरक्षण र प्रबर्धन गर्नु हो | संघीय राज्य भीत्र हरेक जात जाती, भाषा भाषी, बर्ग, धर्मं, समुदाय आदि सबैको पहिचान, स्वाभिमान र उन्नतिको ग्यारेन्टी हुने ब्यबस्था बनाउनु पर्छ | संघीय राज्य प्रणाली अंतर्गत परराष्ट, रक्षा, आर्थिक तथा मौद्रिक निति लगायत राषट्रीय हित र स्वार्थ संग जोडिएको सम्बेदन्सिल केही राजनैतिक, आर्थिक, सामजिक, तथा स्रोत साधन र सुरक्षा संग जोडिएका बिषयहरुमा केंद्रीय निर्णय रहने ब्यबस्था हुनै पर्छ | अन्य आम बिसयाहरुमा स्वायत्तता प्रदान गर्नु उपयुक्त हुन्छ|

संघीय राज्य प्रर्णालिले रोजगारी को बिषयलाइपनि ब्याबहरिक ढंगले संबोधन गर्न सक्छ | संघीय प्रहरी, अरु सुरक्षा निकाय लगाएत अन्य रोजगारिहरुमा सम्बंधित राज्य कै नेपाली नगरिकहरूले प्राथमिकता पाउने छन | केंद्रीय नियेंत्रणमा रहने सुरक्षा निकयाहरू - सेना, रास्ट्रीय अनुसन्धान बिभाग आदि लगाएत अन्य क्षत्रहरुमापनि सबै राज्यहरुलाई प्रतिसतको आधारमा कोटा प्रदान गरी समानुपातिक प्रबेशको निश्चितता गर्न सकिन्छ | पिछडिएका निश्चित जात जाती, बर्ग, समुदायलाइ आरक्षण प्रदान गरी परनिर्वर बनाउनको साटो तिनीहरुको क्षमता बिकास गर्ने तर्फ़ दीर्घकालीन योजना लागू गर्नु पर्छ | तथापि सुरुमा आधारभूत क्षमता बिकास गर्नाकोलागी केही बषॅ निश्चित लक्ष सहित आरक्षण र संरक्षण प्रदान गर्नुपनी अनिबार्य हुन्छ |

नेपालमा कस्तो किसिमको संघीय प्रणाली लागू गर्ने भन्ने राजनैतिक निर्णयको बिषय हो | तथापि अपरिपक्वो र दुरदृर्स्टी बिहीन राजनैतिक सोच तथा फगत जातीय, भाषीय, क्षत्रिय आदि स्वार्थका आधारमा संघियता निर्माण भएमा यस्तो निर्णयले समूल नेपाली समाजको बृहद हितको निश्चित्तता प्रदान गर्न सक्तैन | आधारभूत आबस्यकता लगायत राष्ट्रीय हितका संपूर्ण बिषय हरुलाई संरक्षण र प्रबर्द्गन गर्न सकने किसिमको नेपाली पहिचान भित्र सबैको स्वाभिमान, पहिचान र उन्नति को निश्चित्तता प्रदान गर्ने देश र माटो सुहाउँदो मौलिक संघीय राज्य प्रणालीले मात्र नेपाल र नेपालीको हित गर्छ | नेपालको अस्तित्त्व जोगाउन र सम्मुन्नत नेपाल बनाउन राज्यको पुनर्संरचाना गर्ने आधार-सूत्र यही हुन सक्छ | अन्यथा "बाक्लो दाल खाने रहर का खातिर दाई-भाई छुट्टीए" जस्तो हुन नपरोस |

Published in 'Kantipur Daily'

No comments: